काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १७० रुपैयाँ २१ पैसा र बिक्री दर १७० रुपैयाँ ९८ पैसा रहेको छ ।
