Skip to content
nabil bank inside

शुक्रबार तरकारी तथा फलफूलको भाउ कति ?

nmb bank inside

काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ४० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५० रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

आज भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ७० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ९०, लोकल घ्यु सिमी लोकल ४०, हाइब्रिड घ्यु सिमी ४०, राजमा १४०, भटमासकोसा १००, तितो करेला ५०, लौका ४०, लोकल परवर ७० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी २५, सखरखण्ड ७०, स्कुस ६० रुपैयाँ, रायो साग ४० रुपैयाँ, तोरीको साग २५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।

त्यस्तै, हरियो प्याज ९०, कन्य च्याउ १८०, डल्ले च्याउ २७०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली ९०, चुकन्दर ६०, सजीवन १३०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १४०, पार्सले २५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (माछे) ३०, अकबरे खुर्सानी २५०, भेडे खुर्सानी ४०, हरियो लसुन ७०, हरियो धनिया २००, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

शुक्रबार फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ९०, तरबुजा (हरियो) ३५, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो २०, रुख कटहर ४०, चाइनिज नासपाती २२०, भारतीय मेवा ९०, लिच्ची (लोकल) १००, लिच्ची भारतीय २३०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्