Skip to content
nabil bank inside

मंगलबार कन्य च्याउको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज कन्य च्याउको मूल्य घटेको छ ।

आज नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १००, भटमासकोसा १०० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) २५, सलगम ६०, सखरखण्ड ६०, भिण्डी ३०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, हरियो प्याज ७०, कन्य च्याउ १२०, डल्ले च्याउ २५०, कुरिलो २००, न्युरो ७०, चुकन्दर ५०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार पार्सले २५०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २८०, अदुवा २५०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २००, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ६०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १४०, छ्यापी हरियो ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

आज फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) ७०, आँप (दसहरी) ८०, तरबुजा (हरियो) ४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो २०, रुख कटहर ४०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ८०, लिच्ची (लोकल) १००, लिच्ची भारतीय २२०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्