काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले जाजरकोट भूकम्पपीडितलाई चाँडोभन्दा चँडो राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विषेश समयमा उनीहरूले समयमा नै राहत उपलब्ध गराउन माग गरेका हुन् ।
सांसद मायाप्रसाद शर्माले गत कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण भएको क्षतिको पीडितले हालसम्म राहत पाउन नसकेको भन्दै समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छिन् ।
‘भूकम्पपीडित रहेको स्थानमा खानेपानीको हाहाकार भएको छ, अझै कतिपय स्थानमा पालमा बसेर विद्यालय सञ्चालन भइरहेको छ त्यहाँको दर्दनाक अवस्था समाधान समयमा नै गरियोस्’, उनले भनिन्, ‘पहिलो चरणको २५ हजार अस्थायी संरचना निर्माणका लागि रकम उपलब्ध भए पनि पीडितहरूले दोस्रो किस्ताको रकम पाउन सकिरहेका छैनन् ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्