काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज गोलभेडाको मूल्य बढेको छ ।
आज नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १८ रुपैयाँ, सानो गोलभेडा (टनेल) २५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, भारतीय रातो आलु ५० रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९४ रुपैयाँ, लोकल गाजर ६५ रुपैयाँ, बन्दा लोकल २८ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला हाइब्रिड ५० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १००, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ४०, लौका ३५, लोकल परवर ३५ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ६०, झिगुनी ५०, फर्सी पाकेको ३५, हरियो हरियो फर्सी (डल्लो) २५, सखरखण्ड ७०, भिण्डी ४०, पिंडालू १००, स्कुस ६० रुपैयाँ, रायो साग ५० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, हरियो प्याज ८०, कन्य च्याउ १६०, डल्ले च्याउ २७०, राजा च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १२०, चुकन्दर ५०, रातो बन्दा ४०, जिरीको साग ८०, सेलेरी १५० रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार पार्सले २४०, पुदिना १६०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २८०, सुकेको खुर्सानी ४२०, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ४००, खुर्सानी हरियो (माछे) ३०, भेडे खुर्सानी ४०, हरियो लसुन ८०, हरियो धनियाँ ७०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।
आज फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २८०, अनार ३५०, आँप (मालदह) ७०, आँप (दसहरी) ७०, मौसम १६०, जुनार २३०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (चाइनिज) २३०, भारतीय मेवा ९०, लिच्ची (लोकल) १४०, लिच्ची भारतीय २००, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्