Skip to content
nabil bank inside

कन्य च्याउको मूल्य ४० रुपैयाँले घट्यो, अन्य फलफूल तथा तरकारीको भाउ कति ?

nmb bank inside

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज किविको मूल्य ५० रुपैयाँले घटेको हो ।

आज नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३५ रुपैयाँ,  रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५८ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९२ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, सेतो मुला (लोकल) २५ रुपैयाँ, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ८०, तने बोडी ११०, मकै बोडी ९०, घिउ सिमी लोकल १४०, घिउ सिमी राजमा १३०, भटमासकोसा ११० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ९०, लौका ९०, लोकल परवर ७० रुपैयाँ, परवर तराई ७०, चिचिण्डो ६० रुपैयाँ, घिरौला १००, झिगुनी ९०, फर्सी पाकेको ५०, हरियो फर्सी (डल्लो) ७०, भिण्डी १३०, स्कुस ७० रुपैयाँ, रायो साग २३० रुपैयाँ, तोरीको साग १३० रुपैयाँ, हरियो प्याज १३०, कन्य च्याउ १६०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो २५०, न्युरो १२०, ब्रोकाउली १३०, चुकन्दर ६०, सजिवन ५००, रातो बन्दा ६०, जिरीको साग ४००, सेलेरी २००,पार्सले ५०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा ११०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी १२०, हरियो लसुन १५०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २३०, नेपाली सुकेको लसुन १९०, छ्यापी सुकेको १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २५०, अनार ३५०, आँप (मालदह) १२०, आँप (दसहरी) १२०, मौसम १६०, जुनार २४०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ७०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा खरिदबिक्री भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्