काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कुल ३ सय ६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब माथिको सेयर कारोबार भएको छ ।