काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १७३ रुपैयाँ ३७ पैसा र बिक्री दर १७४ रुपैयाँ १५ पैसा रहेको छ ।
