Skip to content
nabil bank inside

काउलीको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको मुल्यामा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको हो ।

मंगलबार नेपाली ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५४ रुपैयाँ, रातो आलु (मुडे) ४८ रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ६०, मकै बोडी १००, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १३०, भटमासकोसा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ४०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ६०, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ३०, पिंडालू ९०, स्कुस ६० रुपैयाँ, रायो साग ८० रुपैयाँ, हरियो प्याज १६०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, सिताके च्याउ १०००, कुरिलो ३००, न्युरो ८०, ब्रोकाउली ११०, चुकन्दर ६०, रातो बन्दा ७०, जिरीको साग ३००, सेलेरी २५०, पार्सले ६००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १२०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ९०, हरियो लसुन १३०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३००, आँप (मालदह) १३०, आँप (दसहरी) १००, अंगुर(कालो) ४८०, मौसम १४०, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, भारतीय मेवा ९०, किवि ५०० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्