काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज कालो अंगुरको मूल्य ५० रुपैयाँले बढेको हो ।
सोमबार नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ८०, घिउ सिमी लोकल ५०, घिउ सिमी राजमा १२०, भटमासकोसा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तितो करेला ३०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ५५, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ५०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ, रायो साग ८० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १७०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा ८०, जिरीको साग ३००, सेलेरी ३००, पार्सले ७००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ८०, हरियो लसुन ११०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
सोमबार फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ३५०, आँप (मालदह) १७०, आँप (दसहरी) १७०, अंगुर(कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २५, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भइरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्