काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज अंगुरको मूल्य बढ्दा तिते करेलाको मूल्य घटेको हो ।
शुक्रबार नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ, रातो आलु ६८ रुपैयाँ र भारतीय रातो आलु ५५ रुपैयाँ, भारतीय सुकेको प्याज १२२ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ६०, घिउ सिमी लोकल ७०, टाटे सिमी ६०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
त्यस्तै, तिते करेला ५०, लौका ५०, लोकल परवर ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू ५०, स्कुस २० रुपैयाँ, रायो साग १०० र तोरीको साग ५० रुपैयाँ, हरियो प्याज २००, कन्य च्याउ १८०, डल्ले च्याउ २००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १००, गुन्द्रुक २५०, अदुवा २१०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ७०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी १००, हरियो लसुन २८०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ४५०, अंगुर (कालो) ४५०, मौसम १००, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ९० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्