काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४८ रुपैयाँ ४९ पैसा र बिक्री दर १४९ रुपैयाँ १६ पैसा रहेको छ । आइतबार बेलायती पाउण्डको खरिद दर १७५ रुपैयाँ ७० पैसा र बिक्री दर १७६ रुपैयाँ ४८ पैसा रहेको छ ।
