Skip to content
nabil bank inside

यस्तो छ बिहीबार तरकारी तथा फलफूलको मूल्य…(मूल्यसूचीसहित)

nmb bank inside

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ भइरहेको छ ।

बिहीबार भारतीय ठुलो गोलभेडा ९० रुपैयाँ, लोकल सानो गोलभेडा २८ रुपैयाँ, सानो गोलभेडा (टनेल) ४० रुपैयाँ,मुडे रातो आलु ७० रुपैयाँ र भारतीय रातो आलु ६० रुपैयाँ,भारतीय सुकेको प्याज ११० रुपैयाँ, लोकल गाजर १२०  रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, रातो मुला २८, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ६०, मकै बोडी ६०, घिउ सिमी लोकल ५०, टाटे सिमी ९०, भटमासकोसा ४५ रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ६०, लौका ३०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ६०, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ४०, बरेला १२०, पिंडालू ५०, स्कुस २० रुपैयाँ, रायो साग ७० र तोरीको साग ४० रुपैयाँ, हरियो प्याज १४०, कन्य च्याउ १५०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो ४५०, न्युरो ७०, ब्रोकाउली ७०, चुकन्दर ७०, जिरीको साग ७०, सेलेरी ७००, पार्सले १८००, पुदिना ५५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन २८०, हरियो धनियाँ १३५, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार स्याउ(झोले) २५०, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम ७०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो १५, निबुवा ४०, अम्बा ७०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ३०, किवि ३००, आभोकाडो २०० र अमला ८०  रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्