Skip to content
nabil bank inside

घिरौलाको मूल्य बढ्यो, आइतबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज घिरौलाको मूल्य बढेको हो ।

भारतीय ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ, मुडे रातो आलु ७३ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ, भारतीय सुकेको प्याज ११५ रुपैयाँ, लोकल गाजर १८०  रुपैयाँ, तराई गाजर १५० रुपैयाँ, बन्दा लोकल ८० रुपैयाँ, बन्दा तराई ६० रुपैयाँ, स्थानीय काउली १४० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ७०, मकै बोडी ९०, घिउ सिमी लोकल ९०, टाटे सिमी ९०, भटमासकोसा ४५ रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला १००, लौका ९०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला १३०, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ४०, बरेला १२०, पिंडालू ६०, स्कुस ५० रुपैयाँ, रायो साग १४० र तोरीको साग ९० रुपैयाँ, हरियो प्याज २५०, कन्य च्याउ १४०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो ४५०, न्युरो ७०, ब्रोकाउली ७०, चुकन्दर ७०, जिरीको साग ७०, सेलेरी ७००, पार्सले १८००, पुदिना ७००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी २००, खुर्सानी हरियो (बुलेट) २००, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन ३५०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आइतबार स्याउ(झोले) २५०, केरा (दर्जन) १४०, कागती २००, अनार ३००, अंगुर (कालो) ३००, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ७०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ३०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्