Skip to content
nabil bank inside

हरियो खुर्सानीको मूल्य घट्यो, सोमबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

nmb bank inside

काठमाडौँ । सोमबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज हरियो खुर्सानीको मूल्य घटेको हो ।

भारतीय ठुलो गोलभेडा १०० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ७० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ७३ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ, भारतीय सुकेको प्याज १२५ रुपैयाँ, लोकल गाजर २००  रुपैयाँ, तराई गाजर १८० रुपैयाँ, बन्दा लोकल १०० रुपैयाँ, बन्दा तराई ८० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, रातो मुला २५, सेतो मुला लोकल २५ रुपैयाँ, भन्टा लाम्चो ९० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी १००, मकै बोडी ९०, घिउ सिमी लोकल ९०, टाटे सिमी ९०, भटमासकोसा ४५ रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला १००, लौका ९०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला १३०, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ४०, बरेला १२०, पिंडालू ६०, स्कुस ५० रुपैयाँ, रायो साग ९० र तोरीको साग ७० रुपैयाँ, हरियो प्याज १८०, कन्य च्याउ १६०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, कुरिलो ४५०, न्युरो ७०, ब्रोकाउली १५०, चुकन्दर ९०, जिरीको साग ९०, सेलेरी ७००, पार्सले २०००, पुदिना ७००, गान्टे मुला ८०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १५०, खुर्सानी हरियो (बुलेट) १८०, खुर्सानी हरियो (अकबरे) २८०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १२०, हरियो लसुन २५०, हरियो धनियाँ २५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

आज स्याउ(झोले) २५०, केरा (दर्जन) १४०, कागती २००, अनार ३००, अंगुर (कालो) ३००, मौसम ११०, जुनार २८०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ३०, निबुवा ४०, अम्बा ९०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्