Skip to content
nabil bank inside

बिहीबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

nmb bank inside

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भइरहेको हो ।

बिहीबार भारतीय ठुलो गोलभेडा १३० रुपैयाँ, लोकल सानो गोलभेडा ७० रुपैयाँ, सानो गोलभेडा (टनेल) ८० रुपैयाँ,मुडे रातो आलु ७५ रुपैयाँ र भारतीय रातो आलु ५८ रुपैयाँ रुपैयाँ,भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर १२० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मुला ४०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ७०, तने बोडी ९०, मकै बोडी ४०, घिउ सिमी लोकल ८०, टाटे सिमी ८०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ७०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ६०, झिगुनी ७०, फर्सी पाकेको ५०, भिण्डी ४०, बरेला ९०, पिंडालू ६०, स्कुस २० रुपैयाँ, रायो साग १२० र तोरीको साग ७० रुपैयाँ, हरियो प्याज २५०, कन्य च्याउ १४०, डल्ले च्याउ २५०, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली १००, चुकन्दर ९०, जिरीको साग २५०, सेलेरी ९००, पार्सले २५००, पुदिना ९००, गान्टे मुला ९०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १८०, खुर्सानी हरियो (बुलेट) २००, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी २४०, हरियो लसुन ३५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १४० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

बिहीबार स्याउ(फूजी) २६०, केरा (दर्जन) १५०, कागती २२०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १००, जुनार २८०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ५०, निबुवा ४०, अम्बा ८०, नासपाती (लोकल) १२०, नासपाती (चाइनिज) २५०, मेवा (नेपाली) ४०, लप्सी ४०, किवि ३३०, आभोकाडो २०० र अमला ६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्