Skip to content
nabil bank inside

सरकारले दल फुटाउने अध्यादेश ल्याउनसक्ने प्विपक्षीको आशंका

nmb bank inside

काठमाडौँ । सरकारले दल फुटाउने अध्यादेश ल्याउनसक्ने प्रतिपक्षी दलहरूले आशंका गरेका छन् । दल फुटाउने अध्यादेशको त्रासका बिच प्रतिपक्षी दलहरूले विशेष अधिवेशन माग गर्ने तयारी गरेका छन्। शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा साना दलहरू फुटाउनेगरी सरकारले अध्यादेश ल्याउन लागेकोबारे छलफल भएको थियो।

बैठकले सरकारसँगै राष्ट्रपति र सभामुखको समेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । एक नेताका अनुसार यति सरकारले अध्यादेश ल्याउन खोजे तत्काल विशेष अधिवेशन बोलाउन माग गर्ने रणनीति छ ।

यसबारे आगामी कात्तिक ५ गते राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने पनि नेताहरूले बताएका छन्।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्