काठमाडौँ । चाडपर्वको बेलामा बजारमा खाने तेलको मूल्य आकाशिएको छ। अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थको मूल्य बढेको र बजारमा तेल माग अत्यधिक बढेको भन्दै कार्टुनमै चार देखि पाँच सय रुपैयाँसम्म खाने तेलको मूल्य बढेको हो । सनफ्लावर र भटमासको तेल प्रतिकार्टुन दुई हजार दुई सय ५० देखि दुई हजार तिन सय रुपैयाँसम्म होलसेल मूल्य पुगेको छ। यसअघि सोही तेल प्रतिकार्टुन एक हजार नौ सय रुपैयाँसम्म होलसेल मूल्य थियो।
यस्तै तोरीको तेलमा प्रतिकार्टुन दुई हजार पाँच सय ५० देखि दुई हजार ६ सय रुपैयाँ होलसेल मूल्य थियो भने अहिले तिन हजार रुपैयाँसम्म पुगेको छ। खुद्रा बजारमा यसको मूल्य अझ बढ्नेछ।
अन्तर्राष्ट्रिय रुपमै कच्चा पदार्थ र डलरको मूल्य बढ्नुको कारण नेपालमा तेलको भाउ बढेको तेल बिक्रेता बताउँछन्। यद्यपि, नेपाल चामल, तेल, दाल उत्पादक संघले तेलको मूल्यवृद्धिबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्