Skip to content

सात सयले घट्यो सुनको भाउ, तोलाको एक लाख ६६ हजार रुपैयाँ

nmb bank inside

काठमाडौँ । दशैंपछि निरन्तर उकालो लागेको सुनको भाउ बिहीबार भने सात सय रुपैयाँले घटेको छ । बुधबार तोलाको एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ यस दिन सात सय रुपैयाँले घटेर तोलाको एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि घटेको छ । चाँदी ४० रुपैयाँले घटेर तोलाको दुई हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्