Skip to content

साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै

nmb bank inside

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ६ बजे सुरु हुनेछ।

पाँचपटकको विजेता भारत र पाँचैपटकको उपविजेता नेपाल लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन्। साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ। नेपाली टोली यो संस्करण पनि अघिल्लो पटकको नतिजालाई दोहोर्‍याउने योजनामा मैदान उत्रँदै छ। सन् २०२२ को साफ च्याम्पियनसिपपछि नेपाल र भारत दुईपटक भेट भएका छन्।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्