Skip to content
nabil bank inside

रसुवागढी–केरूङ सडक आजदेखि सञ्चालनमा

nmb bank inside

काठमाडौँ । एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तराष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा आएको छ।अबिरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भू–भागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याईएको हो।

सोमबारबाट सञ्चालनमा ल्याउने भनिएपनि सडकको काम नसकिएकाले आजबाट सञ्चालनमा ल्याईएको हो।आज बिहानबाट चिनियाँ साना सवारी साधन लगायत नेपाली मालबाहक कन्टेनरहरु केरुङबाट रसुवागढी नाका हुँदै नेपाल आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए। अहिले साना सवारी साधन लगायत १३ टन क्षमताका मालबाहक सवारी साधन मात्र सञ्चालनगरिएको चिनियाँ पक्षले जानकारी गराएको उनले बताए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्