Skip to content

बालुवाटारमा रास्वपाको प्रदर्शन, ५१ जना पक्राउ

nmb bank inside

काठमाडौँ । काठमाडौंको बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गरेको छ। सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अहिलेसम्म ५१ जनालाई नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको छ। प्रहरीले विभिन्न ठाउँमा ब्यारिकेड राखेर सुरक्षा कडा पारेको छ। प्रहरीले सर्वसाधरणलाई समेत जाँच गरिरहेको छ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्