Skip to content

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

nmb bank inside

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

अर्थमन्त्री पौडेलले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए । उनले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान रहेको बताए ।उनले भने, ‘यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६८ प्रतिशत रहने अनुमान छ ।
प्रदेशगत रुपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको अर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।’

साथै उनले कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान गरिएको बताए ।उनले भने, ‘यस अवधिमा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । ’

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्