Skip to content

सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ताकोलागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराएका हुन् ।

उनले भने, जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले एक खर्ब नौ अर्ब रकम विनियोजन गरिएको छ ।’त्यस्तै सरकारले शिक्षकहरुलाई आवधिक रुपमा तालिम दिने घोषणा समेत गरेको छ ।

arrow प्रतिक्रिया दिनुहोस्