काठमाडौँ । सरकारले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न ३ प्रतिशत ब्याजदरमा २० लाखसम्मको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो योजना ल्याइएको जानकारी दिएका हुन्।
उनका अनुसार स्टार्टअपलाई लक्षित गरेर सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यस कार्यक्रमअन्तर्गत स्टार्टअपका उद्यमीहरूले बिना धितो कर्जा पाउनेछन्, जसले नयाँ उद्यम र रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्