काठमाडौं, जेठ १७ – सेयर बजार विश्लेषक सुभाषचन्द्र भट्टराईले बजेट सकारात्मक भएको बताएका छन् । सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् ।
उनका अनुसार नेपाल राष्ट्र बैंकले सांकेतिक भाषामा सेयर किन्न सन्देश दिएको थियो, र त्यसको पुष्टि हालै आएको बजेट नीतिले गरेको छ। भट्टराईले लगानीकर्ताहरूलाई बजारको सतही मूल्य हेरेर निर्णय नगर्न आग्रह गर्दै, ‘Value’ (मूल्य), ‘Returns’ (प्रतिफल) र ‘Ownership’ (अपनत्व) का आधारमा विवेकपूर्ण निर्णय गर्न सुझाव दिएका छन्। उनले भने, “कम्पनी छान्दा Wisdom प्रयोग गर्नुहोस, बजारको मूल्य मात्र हेर्नु हुँदैन।”
उनको विश्लेषणले बजारमा नीति निर्माताको समर्थन रहेको संकेत दिँदै लगानीकर्ताको आत्मविश्वास बढाउने विश्वास गरिएको छ । भट्टराईका अनुसार यो समय होसपूर्वक अवसर पहिचान गर्ने उपयुक्त घडी हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्