Skip to content
nabil bank inside

जलवायु न्यायका लागि नेपालले विश्वसामु स्पस्ट धारण धारणा राख्नुपर्छ : देउवा

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई गम्भिर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन गर्न रोक्नुपर्ने बताएका छन् ।सोमबार नेपाली काँग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको चपेटामा पर्नु अन्यायपूर्ण अवस्था भएको भन्दै अन्य राष्ट्रहरुले कार्वन उत्सर्जन रोक्नुपर्ने बताए ।

उनले भने, ‘अव ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन रोक्नको निम्ति उत्तिकै आवश्यक छ । केही राष्ट्रहरुले कार्वन उत्सर्जन उच्च रुपमा बढाइरहँदा जलवायु परिवर्तनको ढृष्टिकोणले संवेदनशील राष्ट्रहरुले यस अवस्थामा भोगिरहनु अन्यायपूर्ण अवस्था हो ।’

सभापति देउवाले नेपालले जलवायु न्यायको लागि विश्वसामु आफ्नो स्पस्ट धारण राख्नु आवश्यक रहेको पनि बताए । उनले सहजताको नाममा प्लास्टिकको प्रयोगले वातावरणमा नकरात्मक प्रभाव परेकोले यसबाट माथी उठ्नुपर्ने बताए ।

‘हामीले प्लास्टिकका झोला र बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध अन्य वैकल्पिक साधनहरुको प्रयोग गर्दै आइरहेका छौ । सहजताको नाममा प्लास्टिकको प्रयोगले हाम्रो वातावरणमा परेको नकरात्मक प्रभावबाट माथी उठ्नुपर्ने समय आएको छ । यसमा पार्टीका सबै तहबाट सहयोग र समर्थन हुने विश्वास लिएको छु,’ उनले भने ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्