Skip to content
nabil bank inside

खराव नियतका मान्छेहरुको कारण काम गर्दा प्रश्न उठिरहेको छ : मन्त्री दाहाल

nmb bank inside

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिंदा समस्या भएको बताएका छन् । मंगलबार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले खराव नियत भएका मान्छेहरुका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन् ।

उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानून नभएको होइन् । कानूनमा स्पष्ट उल्लेख छ, आकस्मिक समयमा पनि काम गर्न सकिन्छ । सात दिनमा सूचना दिएर पनि काम गर्न सकिन्छ । तर यस्ता कामहरु गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको छ ।’

उनले अगाडि प्रष्ट पार्दै भने,‘यसमा दुईवटा कुरा छन् । एउटा भनेको नियत नै खराव हुन्छ, अर्को भनेको नियत सफा भएर कामहरु गर्दापनि प्रश्नहरु उठाउने गरिन्छ । यस्ताखालका समस्याहरुले काम गर्न समस्या भइरहेको छ ।’ अलपत्र परेका पूर्वाधारका बारेमा बोल्दै उनले जुन सरकार आए पनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए । उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए ।

यसैगरी बैठकमा बोल्दै शहरी विकासमन्त्री प्रकाशमान सिंहले बाढी पहिरो आउने सम्भावना भएका ठाउँमा झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइने बताए ।गत वर्षको बाढीको क्षतिबाट पाठ सिक्दै समयमा नै नदी वा खोलाहरुलाई व्यवस्थित गर्नुपर्ने उनको धारणा छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्