Skip to content

पदबाट राजीनामा नदिने गृहमन्त्रीको अडान,संसदमा जवाफ दिन पाउनुपर्ने माग

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिने अडान पुन दोहोर्‍याएका छन । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भिजिट भिसा प्रकरणबारे  विपक्षी दलका सांसदहरुले गृहमन्त्रीको सत्तापक्षबाटै राजीनामा माग गरेपछि उनले पदबाट राजीनामा नदिने अडान पुन दोहोर्‍याएका हुन् ।

विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेपछि जवाफमा गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरे । यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई गृहमन्त्री लेखकले आग्रह समेत गरेका थिए  ।

समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीसँग प्रश्न गरेका थिए सोही प्रश्नको जवाफमा उनले  बैठकमा दिएको जवाफले सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताएका हुन्  ।

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । यसमा गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्