Skip to content
nabil bank inside

आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीमा मन्त्रालय लागेको छ : उर्जामन्त्री

nmb bank inside

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बजेटमा ‘टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयले नगरेकोले संसोधनका लागि छलफल भइरहेको बताएका छन् । अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बजेटमा राखिएको ‘टेक एण्ड पे’ को विषयलाई लिएर बैँक तथा वित्तिय संस्थाले जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।‘टेक एण्ड पे’ का कारण वित्तिय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिनुभएको होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव उर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,”– मन्त्री खड्काले भने ।मन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।“उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,”– उनले भने ।

छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशलाई ४० मेगावाट विद्युत निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने उनको भनाई छ । भारतसँग छलफल गरेर बङ्गलादेशको प्रसारण लाईनपनि विस्तार गर्नेगरी सरकार लागिरहेको उनले बताए । निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्नेगरी उर्जा क्षेत्रमा बाधक रहेका कानुनलाई परिवर्तन गर्दै आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीमा मन्त्रालय लागीरहेको पनि उनले जानकारी दिए ।

मध्ये चमेलिया जलविद्युत आयोजनालाई समयमै सम्पन्न गर्न आग्रह गर्दैै उनले “आयोजना समयमा सम्पन्न गर्न सकियो भने बढी लाभान्वित हुन पाईन्छ, जति लामो समय भयो त्यति व्याज बढ्ने र लाभ लिन समय लाग्ने, हुन्छ, समयमै काम सम्पन्न होस्, शुभकामना,”– उनले भने ।

कार्यक्रममा बोल्दै दार्चुलाका प्रतिनिधीसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई उनले आग्रह गरे ।

नेपाल बैँकको अगुवाईमा निर्माण हुन लागेको उक्त आयोजनामा नविल बैँकले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । रु पाँच अर्ब ६६ करोड लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्