Skip to content

मनोज ज्ञवाली नबिल बैंकको सीईओमा नियुक्त

nmb bank inside

काठमाडौँ। नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कामु सीईओ रहेका ज्ञवालीलाई औपचारिक रूपमा सीईओमा नियुक्त गरेको हो।

ज्ञवाली गत चैत १० गतेदेखि लागू हुने गरी तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाको राजीनामापछि कामु सीईओका रूपमा कार्यरत थिए।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवाली यसअघि नेपाल राष्ट्र बैंकमा पनि काम गरिसकेका अनुभवी बैंकिङ् व्यवसायी हुन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्