काठमाडौँ। अमेरिकाले थप ५० जना नेपाली नागरिकलाई नेपाल फिर्ता पठाएको छ। अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका थप ५० जना नेपाली नागरिकलाई अमेरिकाले देश निकाला गरेको हो।
देश निकालामा परेका नेपालीहरू आज आइतबार दिउसो ४ बजे नेपाल आइपुग्ने छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले शासन सम्हालेपछि अवैध रुपमा अमेरिकामा बसेका विदेशी नागरिकहरू लाई निस्कासन गरिरहेका छन्। ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको सङ्ख्या हालसम्म १ सय पुगेको छ । आइतबार ५० जनालाइ थप निकाला गरेपछि अमेरिकाबाट डिपोर्ट हुनेको सङ्ख्या १५० पुगेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्