काठमाडौँ। अमेरिकाले आजदेखि १२ देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ भने ७ देशका लागि आंशिक प्रतिबन्ध लगाएकाे छ। अमेरिकाले जुन ४ मा जारी गरेको नयाँ नियम आज जुन ९ देखि लागू भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकहरूको सुरक्षालाई ध्यानमा राखी यो कदम चालेको बताएका छन्। उनले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनलाई पूर्ण प्रतिबन्धित देशका रूपमा घोषणा गरेका छन्।
यस्तै, रुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला भने आंशिक प्रतिबन्धको सूचीमा परेका छन्।