काठमाडाैं । वैदेशिक रोजगार विभागले अबदेखि म्यानपावर कम्पनीहरूको इजाजतपत्र नवीकरण गर्दा डिजिटल ठेगाना स्पष्ट हुने गरी ‘गुगल प्लस कोड’ अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने जनाएको छ। सोमबार (जेठ २६ गते) एक सूचना प्रकाशित गर्दै विभागले इजाजत प्राप्त संस्था (म्यानपावर) हरूले आफ्नो कार्यालयको सही लोकेसन बुझाउन गुगल प्लस कोड अनिवार्य बनाएको हो।
साथै, सम्बन्धित संस्थाको वेबसाइटमा समेत गुगल लोकेसन राख्नुपर्ने प्रावधान पनि लागू गरिएको छ।यससँगै, विभागले म्यानपावर कम्पनीहरू, अभिमुखीकरण तालिम दिने संस्थाहरू, केयर गिभर सम्बन्धी सिप विकास तालिम प्रदायकहरू तथा घरेलु कामदार सिप विकास तालिम प्रदायक संस्थाहरूलाई तोकिएको समयसीमाभित्र इजाजतपत्र वा अनुमतिपत्र नवीकरण गर्न आग्रह गरेको छ।
सूचनाको विस्तृत विवरण विभागको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ। असोज मसान्तभित्र म्यानपावरका शाखा कार्यालय नवीकरण गरिसक्नु पर्ने पनि विभागले जनाएकाे छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्