काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिको दैनिक मूल्य सुचि अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ७५ रुपैयाँ तोकिएको हो ।
टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, भारतीय आलु रातो ३२ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ रहेको छ । प्याज सुकेको (भारतीय) को मूल्य प्रतिकिलो ३८ रुपैयाँ निर्धारण गरिएको छ ।अन्य तरकारीहरूमा गाजर (लोकल) ६० रुपैयाँ, तराईको गाजर ४० रुपैयाँ, बन्दा (लोकल) १६ रुपैयाँ, काउली (स्थानीय) ६५ रुपैयाँ, मूला रातो २८ रुपैयाँ, मुला सेतो (लोकल) २८ रुपैयाँ, मुला (हाइव्रिड) २५ र भन्टा लाम्चो २५ रुपैयाँ र भान्टा डल्लो ३० रुपैयाँ किलो रहेको छ ।
तनेबोडीको मूल्य प्रतिकिलो ४० रुपैयाँ, मकैबोडी प्रतिकिलो ६० रुपैयाँ, मटरकोसा १३० रुपैयाँ, र घिउ सिमी (लोकल) ४०, घिउ सिमी घिउ सिमी (हाइव्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १००, भटमासकोशा १२० रुपैयाँ किलो मूल्य कायम भएको छ । तीतो करेला ४५ रुपैयाँ, लौका ३५ रुपैयाँ, लोकल परवर प्रतिकिलो ४५ रुपैयाँ, तराईको परवर ४५ रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ४० रुपैयाँ, र भिण्डी ३५, पिंडालू १०० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ किलो मूल्य निर्धारण गरिएको छ ।त्यस्तै झिगुनी प्रतिकिलो ५० रुपैयाँ, पाकेको फर्सी ३५ रुपैयाँ, हरीयो लाम्चो फर्सी ३० रुपैयाँ, डल्लो हरीयो फर्सी २२ रुपैयाँ, स्कुस ६० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।
रायोसाग ३० रुपैयाँ, पालुङ्गो साग ३५ रुपैयाँ, तोरीको साग २० रुपैयाँ प्रतिकिलो तोकिएको छ । प्याज हरियो २५ रुपैयाँ, च्याउ (कन्य) १६० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, र कुरिलो २०० रुपैयाँ किलो रहेको छ । निउरो प्रतिकिलो २० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, चुकुन्दर ७० रुपैयाँ, रातोबन्दा प्रतिकिलो ६०, जिरीको साग ८० रुपैयाँ, ग्याठ कोबी ५० रुपैयाँ, सेलरी ११०, सौफको साग ८० रुपैयाँ, पुदिना १००, गान्टे मुला ४० रुपैयाँ, इमली, १६०, तामा ९०, तोफु ११०, गुन्द्रुक ३०० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ ।फलफूलतर्फ, स्याउ (झोले) २३० रुपैयाँ, स्याउ (फुजी) २४० रुपैयाँ, र केरा (दर्जन) १४० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, र आँप (मालदह) ५५ रुपैयाँ, आँप (दसहरी) ६५ रुपैयाँ किलो रहेको छ । अङ्गुर (हरियो) २०० रुपैयाँ, अङ्गुर (कालो) ३००, तरबुजा (हरियो) ३० रुपैयाँ, मौसम १८० रुपैयाँ, जुनार २०० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १६०, रुख कटहर ५५ रुपैयाँ किलो र भारतीय मेवा १०० रुपैयाँ निर्धारण गरिएको छ । लिची (लोकल) १२० रुपैयाँ र लिची (भारतीय) २०० रुपैयाँमा खरिद गर्न सकिनेछ ।
अदुवा ९० रुपैयाँ किलो, खुर्सानी सुकेको ३८० रुपैयाँ, खुर्सानी हरीयो ३०, बुलेट खुर्सानी ३० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, अकबरे खुर्सानी २६० रुपैयाँ, भेडेखुर्सानी १०० रुपैयाँ, हरीयो धनियाँ २२ रुपैयाँ, चाइनीज सुकेको लसुन २००, नेपाली सुकेको लसुन १७० रुपैयाँ, छ्यापी सुकेको १८०, छयापी हरीयो १०० रुपैयाँ किलो मूल्य निर्धारण भएको छ । त्यसैगरी ताजामाछा रहु ३१० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ, छडी माछा २२० रुपैयाँ, राजा च्याउ, २८०, सिताके च्याउ ८०० रुपैयाँ किलो निर्धारण भएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्