Skip to content

युके पठाउने भन्दै करोडौँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ। युके पठाउने भन्दै करोडौँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । युके पठाउने भन्दै उनीहरूले ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन् । उनीहरूलाई नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय जनाएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

 

arrow प्रतिक्रिया दिनुहोस्