Skip to content
nabil bank inside

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

nmb bank inside

काठमाडाैं । रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरेका हुन् ।

कालो मोसो प्रहार गर्दै उनीहरुले नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला गर्ने एवं नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छु भनेका छन् । उनीहरूले कार्यकक्षमै पुगेर कालो मोसो प्रहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

कालो मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन  इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्