काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघ का अनुसार आज सुन प्रतितोला चार हजार २०० ले बढेको हो।
यो बृद्धिसँगै नेपाली बजारमा आज सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको छ । यसैगरी आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । सो बृद्धिसंगै आज चाँदी तोलामा दुई हजार १६५ मा कारोबार भइरहेको छ।