Skip to content

दुर्गा प्रसाईंलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनाका लागि दुर्गा प्रसाईंसहित सात जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । थुनामा पठाइएकामा प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङलाई कारागार पठाउन आदेश दिएको हो ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि मध्यरात उनीहरूलाई थुनामा पठाउने आदेश आएको थियो । इजलासले हिंसात्मक घटनामा संलग्न भन्दै दुर्गा प्रसाईंसहित सात जनालाई कारागार पठाएको छ भने बाँकी ३२ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

चैत १५ गते नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले तोकेका जनकमान्डर प्रसाईंको नेतृत्वमा आह्वान भएको तीनकुनेको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यस्तै निजी घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।

त्यस घटनामा सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा जेठ ११ गते मुद्दा दायर गरेको थियो ।

arrow प्रतिक्रिया दिनुहोस्