Skip to content

प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने सिम्रिक एयरको तयारी

काठमाडौं । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।कम्पनीले आईपीओ निष्कासनकालागि भन्दै असार २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।

कम्पनीको रजिष्ट्रार कार्यालयमा आयोजना हुने सभामा प्रिमियमा आईपीओ जारी गर्ने र बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिने बताइएको छ । यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नुकासाथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

arrow प्रतिक्रिया दिनुहोस्