काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटना राज्यले राप्रपाले नभई राज्यको आतंकका कारण भएको बताएका छन् ।आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनता भड्किएका कारण र राज्यले भड्काएका कारण भएको आरोप लगाए । उनले मन्चमा राष्ट्रिय गान बजिरहेको समयमा समेत अश्रु ग्याँसको प्रयोग गरेको बताए ।
सांसद जबराले आफूहरुले छानबिन समितिको माग गरिरहेको तर सरकार भने छानबिन समिति बनाउन डराइरहेको बताए ।‘चैत्र १५ गते तीनकुनेमा भएको घटना राज्यको आतंक हो । मन्चमा राष्ट्रिय गान बज्दा समेत अश्रु ग्याँसको प्रयोग गरिएको छ । अहिलेसम्म कति आन्दोलन भयो कहिले पनि यस्तो भएको थिएन । घटना हामीले गरेको होइन् राज्य आतंकका कारण घटेको हो । दुर्गा प्रसाईंले पनि आतंक मच्चाएका होइनन् जनतालाई राज्यले नै भड्काएको हो । घट्नाको छानबिनको माग गरेका छौँं । सरकार छानबिन गर्न किन डराइ रहको छ,’ उनले भने ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्