काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले प्रदेशहरुले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेर्पाले प्रदेशहरुको बजेटले पार्टी नेता कार्यकर्ताको मनोबल घटाएको बताएका हुन् ।
शेर्पाले जनातालाई केन्द्रबिन्दुमा राखेर बजेट ल्याउन प्रदेशहरु असफल भएको दाबी गर्दै यसले संघीयतामाथि प्रश्न उठाउनेहरुको मनोबल बढाउने दाबी गरे ।शेर्पाले प्रदेशहरुले ल्याएको बजेट अस्तब्यस्त भएको भन्दै बजेट जस्ताको तस्तै कार्यान्वनमा आए अर्थिक बिचलन र अनियमितताको खतरा बढ्ने औंल्याए ।उनले प्रदेशहरुको बजेटमाथि छनबिन गर्न पार्टीले उच्च स्त छनबिन समिती बनाउनुपर्ने माग गरे ।
संसदभित्र भईरहेका गतिबिधीमाथी समेत शेर्पाले प्रश्न उठाए । सांसदहरुले जथाभाबी बोल्दा संसद आफै बिकृती र बिसंगतिको थलो बन्न थालेकोले छनबिन समिति बनाउन पनि पार्टीले पहल गर्नुपर्ने माग गरे ।संसदभित्रका गतिविधि सामाजिक मर्यादा उलंघन गरिरहेको शेर्पाको भनाई थियो । उनले पार्टी भातृ संस्थाहरुको गठन र बिघटनमा अल्झिन नहुने बताए । भातृ संस्थाहरु स्वतन्त्र ढंले चल्न दिनुपर्ने भनाई राख्दै शेर्पाले भातृ संस्थाहरुलाई वर्गीय हितमा केन्द्रित गर्नेपर्ने उल्लेख गरे ।
उनले नेपालमा पर्यटनको थप बिकास गर्न माउन्ट कैलाशको दर्शन गर्न जानेहरुका लागि मुस्ताङको कोरला नाका खोल्न पार्टी र सरकारलाई चीनसँग पहल थाल्न सुझाब दिए ।त्यस्तै उनले पर्यटन र हिमाल आरोहनमा सम्लग्न मजदुरहरुको हितका लागि हिमाल आरोहणबाट प्राप्त राजस्वको निश्चित प्रतिशत छुट्याउन पार्टीले पहल गर्नुपर्ने माग गरे ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्