Skip to content
nabil bank inside

संसद गरिमामय हो, हावादारी क्रियाकलाप बन्द होस् : सांसद बर्तौंला

nmb bank inside

काठमाडौं । नेकपा (एमाले) का सांसद महेश बर्तौंलाले संसदमा केही सांसदहरुले निजी प्रचारको लागि हावादारी कुरा गरेको भन्दै आक्रोश पोखेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा जथाभावी र हावादारी क्रियाकलापहरु हुँदै आइरहेको बताएका हुन् ।

उनले भने,‘यो संसद्मा निजी प्रचारको लागि कतिपय सांसदहरुले असाध्यै गलत कुराहरु व्यक्त गरिरहनुभएको छ, भाइरल बन्नको लागि संसद्जस्तो गरिमामय स्थानमा यसप्रकारको जथाभावी र हावादारी क्रियाकलाप गरेर जहिल्यैपनि, हरेक दिन र हरेक बैठकमा गलत र दुषित समाचार सम्प्रेषणको स्रोत यो संसद् बनाउन खोजिँदैछ, यसतर्फ म सिंगो हाउसको गम्भीर ध्यानाकार्षण गराउन चाहन्छु ।’

उनले खेतीबारीको सिजन भएकोले मल र खाद्यको समस्या भएको भन्दै यसको प्रवन्ध गरिनुपर्ने बताए । उनले सिंगो देश मलको समस्यामा रहेकोले मलको व्यवस्थापन गर्नुपर्ने बताए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्