Skip to content
nabil bank inside

कांग्रेसको कारवाही डा.कोइराला समूहले नमान्ने, प्रतिवाद गर्ने

nmb bank inside

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले पार्टीले विभिन्न नेता एवम कार्यकर्ताहरुमा पार्टी अनुशासन कारवाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ ।डा.कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको भेलाले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरुलाई एकतर्फी रुपमा विधान विपरित कारबाही गर्ने भनि नाम सार्वजनिक गरेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

छलफललमा कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय समेत भएको छ । कारवाहीका सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने र राजनीतिक रुपमा शसक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने निर्णय भएको डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरु र महामन्त्रीहरुका बिच अहिले अनुशासन समितिको फाईल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासी बिज्ञप्ति निकालेर कारबाही गरिएकाले त्यसको प्रतिकार गर्ने निर्णय गरिएको थपलियाले जानकारी दिए ।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्