Skip to content
nabil bank inside

‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’

nmb bank inside

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा पुग्ने जनसंख्या भएपनि त्यसको व्यवस्थापन अझै हुन नसकेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित विश्व जनसङ्ख्या दिवस तथा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिकरण कार्यक्रममा उनले नेपालमा देशलाई आवश्यक जनशक्ति र जनसंख्या भएपनि त्यसको व्यवस्थापन राम्रो नभएको बताएका हुन्  ।

यस्तै, उनले अहिले ४० कटेपछि रमाउला भन्ने मान्यतामा युवाहरु हिडेको कुरा उल्लेख गर्दै ४० कटेपछि महिलाहरुको प्रजनन् क्षमता घट्दै जाने हुँदा २० पछि बिहे गर सन्तान जन्माउनेतर्फ प्रेरित गर्नुपर्ने बताए ।उनले भने, ‘देशमा जनसंख्या हुनुपर्छ । देशलाई पुग्ने जनसंख्या चाहियो । देशमा पुग्ने जनसंख्या छ तर त्यसको व्यवस्थापन अझै हुन सकेको छैन् । युवाहरु के गीत गाउछन् भने ‘४० कटेपछि रमाउला’..४० कटेपछि महिलाहरुको प्रजनन् क्षमता घट्दै जान्छ, अनि रमाएर हुन्छ । त्यसकारण २० पछि बिहे गरेर सन्तान जन्माउनुपर्छ भन्ने कुरामा प्रेरित गर्नुपर्छ ।

मान्छेहरु हाँसोमा उडाउछन् तर यो गम्भीर कुरा हो । प्रजनन् क्षमता बढि भएको बेला सन्तान जन्माएर हुर्काउनुपर्छ । त्यसपछि ढुक्कले काम गर्न पाइन्छ । परिवार भनेको संयुक्त हुनुपर्छ । आमा–बुबा छोरा भनेर त जनावरको पनि हुन्छ ।’साथै, उनले नेपाली सभ्य पुर्खाको सन्तान भएपनि अहिले त्यो सभ्यता हराउँदै गएको भन्दै अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।

जीवनभर राम्रो काम गर्ने हो भने राम्रो भइन्छ तर एक दिन नराम्रो काम गर्यो भने त्यो मान्छे खराब भइहाल्छ भन्दै यस्तो अवस्थामा नेपाली नराम्रा कामबाट बच्दै हिड्नुपर्ने पनि उनको सुझाव छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्