काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमण बारे आफूमाथि झुटा र घटिया आरोप लागेको बताएका छन्। उनले आइतबार झापाको दमक नगरपालिका स्थित मदनडाँगी-ताराबारि -डिपु सडकको स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
उनले स्पेन भ्रमणमा सफल भएको पक्षलाई ओझेल पार्न विरोधी र अराजकहरुले आफूसँग गएका हरुलाई स्पेनमा नै छोडेर आएको आरोप लगाएको बताएका छन्। ओलीले त्यस्ता झुटा प्रचार बारे आफूले जवाफ दिन आवश्यक नरहेको समेत बताएका छन् ।
उद्घाटनका क्रममा ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताएका छन् ।प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माण गर्ने पनि घोषणा छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्