Skip to content
nabil bank inside

श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

nmb bank inside

काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकले श्रमिकको न्यूनतम पारिश्रमिक दुई वर्षको लागी बढाएर १९ हजार ५ सय ५० निर्धारण गरेको हो ।

श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण सम्बन्धमा नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबिच त्रिपक्षीय सहमति जुटेको हो। नेपालको श्रम ऐन, २०७४ को दफा १०७ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ। यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ तोकिएको थियो।

साथै, उक्त विषयमा श्रम मन्त्री शरतसिंह भण्डारीले तोकिएको न्यूनतम तलबको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्