काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत सेयर बजारमा इन्ट्रा–डे कारोबार प्रणाली लागू गर्ने निर्णय गरेको छ। यस प्रणाली लागू भएपछि लगानीकर्ताले एकै दिनमा सेयर खरिद र बिक्री गर्न पाउनेछन्।
इन्ट्रा–डे कारोबार के हो?
इन्ट्रा–डे कारोबार भन्नाले एकै दिनमा एउटै सेयर पटक–पटक खरिद र बिक्री गर्न सकिने प्रणाली हो। हालको टी प्लस टु (T+2) प्रणालीअनुसार सेयर खरिद गरेपछि दुई कार्य दिनभित्र मात्रै राफसाफ भई खातामा सेयर आउँछ। त्यसअघि उक्त सेयर पुनः बिक्री गर्न मिल्दैन। नयाँ प्रणालीको व्यवस्था इन्ट्रा–डे कारोबारमा दिनभर गरिएको किनबेचको अन्त्यमा खुद (net) रूपमा खरिद गरिएको सेयरको मात्र भुक्तानी गर्नुपर्छ।
यसले लगानीकर्तालाई एकै दिनमा बजारको उतारचढावको फाइदा उठाउँदै सेयर खरिदबिक्री गर्ने सुविधा दिनेछ। उदाहरणका लागि, लगानीकर्ताले बिहान १० बजे १०० कित्ता सेयर खरिद गरी दिउँसो १ बजे ती सबै बिक्री गरे भने कुनै भुक्तानी गर्नुपर्ने हुँदैन। तर १०० कित्ता खरिद गरी ५० कित्ता मात्रै बिक्री गरेमा बाँकी ५० कित्ताको मात्र भुक्तानी गर्नुपर्ने हुन्छ।
उद्देश्य र अपेक्षा
यस नीतिबाट सेयर बजारमा तरलता वृद्धि, लगानीकर्ताको सक्रियता, र छोटो अवधिमा नाफा कमाउने सम्भावना बढ्ने विश्वास गरिएको छ। साथै, बजारलाई आधुनिक, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने दिशामा नेपालले थप प्रगति गर्ने अपेक्षा गरिएको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्