काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् ।शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् ।
उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन् । यो छर्लङग भएको विषय हो । त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन् ।’
यस्तै, उनले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन् ।
उनले भनिन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन् । म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन् । यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन् । किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु । मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो ।’
मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्