Skip to content

आज नागपञ्चमी, काठमाडौंका विभिन्न मन्दिरहरुमा नागको पुजा आराधाना गरि मनाइदै (फाेटाेफिचर)

काठमाडौँ । आज नाग पञ्चमी परम्पराअनुसार नागको पूजा अर्चना गरी मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमीमा घरका मूलढोकामा नागको तस्बिर टाँस्ने परम्परा रहेको छ ।
नागको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आआफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पनि पाइन्छ ।

आज देशका विभिन्न मठमन्दिरमा नागपञ्चमीको अवसरमा बिहानै देखि भक्तजन हरुको भिड लागेको छ। आज काठमाडौंस्थित नागपोखरीमा नागपञ्चमीको अवसरमा बिहानै देखि भिड लागेको छ।

त्यस्तै कीर्तिपुरमा रहेको  ऐतिहासिक टौदह पोखरीमा पनि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।बिहानैदेखि पूजाका सामग्रीसहित भक्तजनहरू नाग देवताको पूजा गर्न टौदहमा जम्मा भएका थिए । रंगीचंगी झण्डाहरूले सजिएको पूजास्थलमा श्रद्धालुहरूको भीड देखिन्छ । पोखरीको बिचमा रहेको पञ्चमुखी नागको मूर्तिले नाग देवताको प्रतीकको रूपमा टौदहको धार्मिक महत्त्व दर्शाउँछ । यही मूर्तिलाई लक्षित गर्दै भक्तजनहरूले पूजा आराधना गर्ने गर्छन् । वाकिँ तस्बिरमा हेर्नुहोस् :

arrow प्रतिक्रिया दिनुहोस्